काठमाडौं - लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई विश्वास गरेर भारतको दिल्ली पुगेका उनले २२ हजार ५९ अमेरिकी डलर गुमाएका छन्। दलालको विश्वासमा पर्दा उनलाई पुर्याउन गएका बा र मामाको झन्डै मिर्गाैला गुमेको थियो।
गत वर्ष पुसमा उनको भेट क्यानडा लैजाने दलालसँग भयो। दलालको सल्लाहअनुसार उनी तयारीमा जुटे। यस क्रममा उनले क्यानडामा रहेका नेपालीसँग फोनमा कुराकानी पनि गरे। अनि ढुक्क भएर माघ २२ गते दिल्लीतर्फ उडे।
दिल्लीमा ती युवकको भेट नुवाकोटका योगेश सापकोटासँग हुन्छ। उनलाई सापकोटाले दिल्लीस्थित एक होटलमा पुर्याउँछन्। होटलमा अन्य दुई नेपाली र भारतीय नागरिक पनि हुन्छन्।
ती युवकलाई सापकोटालगायतले क्यानडाको भिसा लगाउन २२ हजार अमेरिकी डलरको व्यवस्था गर्न सुझाव दिन्छन्। युवकका बाबु लमजुङको एक विद्यालयका शिक्षक हुन्। बाबुलाई दलालले भनेअनुसारकै पैसा ल्याउन भन्छन्। दलालले इलेक्ट्रोनिक ट्राभल अथोराईजेसन (ईटिए) मार्फत क्यानडाको भिसा लगाउने आश्वासन दिएका थिए। छोराले क्यानडा जाने रहर गरेपछि ती युवकका बाबु र मामा २२ हजार ५९ डलर लिएर दिल्ली उडे माघ २९ गते। दिल्ली पुगेपछि दलालले युवकलाई इन्दिरा गान्धी विमानस्थलमा राख्छन्।
बाबु र मामालाई भने गुडगाउँस्थित एक होटलमा पुर्याउँछन्। दलालले विमानस्थलमा सेटिङ गराउने कर्मचारी गुडगाउँमा आउने र पैसा उनीहरूलाई बुझाउनुपर्ने बताउँछन्। होटलमा बाबु र मामालाई चिया, चिसो र पानी खुवाउन कर गरे पनि उनीहरूले पिउँदैनन्। पैसा बोके–नबोकेको बुझ्न दलालले होटलमा पैसा देखाउन भन्छन्। डलरको बिटो देखेपछि दलालहरू ढुक्क हुन्छन्। अन्नपूर्ण पाेस्टमा खबर छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।