काठमाडौँ - कांग्रेसमा १४औं महाधिवेशन कहिले गर्ने भन्नेमा आन्तरिक टकराव देखिन थालेको छ । पार्टी नेतृत्वका लागि नेताहरूले ६ महिनादेखि नै दौडधुप थाले पनि महाधिवेशनको तिथि टुंगो लागेको छैन ।
नियमित समयमै गर्दा आगामी फागुनभित्र महाधिवेशन गराउनुपर्छ । सभापति शेरबहादुर देउवाको चारवर्षे कार्यकाल फागुन मसान्तबाट समाप्त हुँदै छ । कार्यकालको नौ महिना बाँकी छँदासमेत महाधिवेशनको तयारी नहुँदा पार्टीभित्रै असन्तुष्टि बढ्न थालेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष सभापति देउवालाई दबाबमा पारेरै भए पनि समयमै महाधिवेशन गराउने पक्षमा छन् । तर देउवाले टेरेका छैनन् । ६ महिनाअघि वरिष्ठ नेता पौडेलले ०७६ फागुन ७ मा केन्द्रीय महाधिवेशन सुरु गर्ने गरी सबै तहको अधिवेशनको कार्यतालिका महासमिति र कार्यसमिति बैठकमा लगेका थिए ।
देउवाले त्यसलाई ठाडै अस्वीकार मात्र गरेनन्, छलफलमै ल्याउन चाहेनन् । उल्टै आफ्नो कार्यकाल सकिएको डेढ वर्षभित्र महाधिवेशन हुने जानकारी गराए । कान्तिपुर दैनिकमा खबर छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।