काठमाडौँ। उपदानका लागि आवेदन दिएका प्राथमिक तहका अधिकांश अस्थायी शिक्षकले दुई वा तीन पटकमा साविकको एसएलसी परीक्षा उत्तीर्ण गरेको पाइएको छ । एकै पटकमा एसएलसी परीक्षा उत्तीर्ण गरेकाहरूमध्ये अधिकांशले तेस्रो श्रेणीमा सो परीक्षा उत्तीर्ण गरेको पनि पाइएको छ ।
शिक्षक पदको स्थायी परीक्षामा अनुत्तीर्ण भई उपदानका लागि आवेदन दिएका शिक्षकहरूको विवरण रुजु गर्ने कार्य भइरहेको छ । ती शिक्षकले बुझाएको शैक्षिक प्रमाणपत्र देखेपछि विद्यालय शिक्षक किताबखानाका पदाधिकारीहरू चकित परेका छन् । एसएलसी परीक्षा हम्मेहम्मे गरी उत्तीर्ण भएकालाई विगतमा भनसुनका आधारमा शिक्षक बनाइएको रहेछ भन्ने विषय किताबखानामा यतिबेला निकै चर्चामा छ ।
किताबखानाका उपसचिव रवीन्द्रकुमार बुढापिर्थीले भने, “अधिकांश शिक्षक पटक पटक परीक्षा दिएर एसएलसी परीक्षा उत्तीर्ण गरेका रहेछन् वा बल्लतल्ल तेस्रो श्रेणीमा उत्तीर्ण गरेका छन् । ” किताबखानाका कर्मचारीहरूका अनुसार निम्न माध्यमिक र माध्यमिक तहमा विगतमा अध्यापन गरेका अस्थायी शिक्षकले तेस्रो वा दोस्रो श्रेणीमा प्रमाणपत्र तह अथवा स्नातक तह उत्तीर्ण गरेका थिए । बुझाइएका प्रमाणपत्र हेर्दा विज्ञान र गणित विषय अध्यापन गरेका अधिकांश दोस्रो श्रेणीमा उत्तीर्ण गरेका अस्थायी शिक्षक थिए । गाेरखापत्रमा खबर छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।