सुदूरपश्चिम बीमा प्राधिकरणमा केदारनाथ भट्टको स्वागत

शनिबार, ०६ बैशाख २०८२, १० : ४२

काठमाडौं- नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कैलालीले नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रमुख केदारनाथ भट्टको स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरी सोसाइटीले भट्टको स्वागतसँगै पूर्वप्रमुख हृदयश्वर पण्डित र गेहेन्द्र अवस्थीको बिदाई पनि गरेको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुखको रूपमा पदभार ग्रहण गरेका भट्टलाई शुभकामना दिँदै बीमा क्षेत्रमा उनको अनुभव र योगदानले प्रदेशस्तरीय बीमा नियमन र व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेश कार्यालयबाट सरुवा भई नेपाल बीमा प्राधिकरणको केन्द्रिय कार्यालयमा आएका पूर्वप्रमुख पण्डित र अधिकारी गेहेन्द्र अवस्थीलाई संस्था र सहभागीहरूले हार्दिक कृतज्ञता प्रकट गर्दै सम्मानपूर्वक बिदाई गरेका थिए।

शनिबार, ०६ बैशाख २०८२, १० : ४२

प्रतिक्रिया