काठमाडौं–नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघले विहिबार संघीय राजधानी काठमाडौंमा भव्यता साथ मजदुर दिवस मनाएको छ । विश्व मजदुर दिवसको अवस पारेर विभिन्न झाकीसहित औपाचरिक कार्यक्रम गरेको हो । प्रत्येक वर्ष मे १ तारिखमा श्रमिकको हक अधिकारको ओकालत गर्दै विश्व मजदुर दिवसर मनाउने गरिन्छ ।
नेपालमा अझै पनि कतिपय क्षेत्रमा काम गर्ने श्रमिकहरुले न्यूनतम पारिश्रमिक पनि पाउन सकेका छैन् । अखिल नेपाल ट्रेड यूनीयन महासंघले लामो समयदेखि सरकारसँग न्यूनतम पारिश्रम कार्यान्वयन गर्न माग गर्दै आएको छ । अखिल नेपाल ट्रेड यूनियनको कार्यक्रमलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्नेछन् ।
प्रतिक्रिया