जनार्दन शर्माको प्रश्नः गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ?

मंगलबार, २३ बैशाख २०८२, १३ : १२

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति जस्तो संवैधानिक जिम्मेवारीसमेत पूरा गर्न नसकेको भन्दै प्रतिनिधिसभामै सरकारको क्षमता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले सरकार नागरिकको दैनिक सरोकारका विषयमा गम्भीर नभएको आरोप लगाएका छन् ।शर्माले सरकारको ढिलासुस्ती, लापरवाही र उत्तरदायित्वहीन व्यवहारले संवैधानिक निकायहरूलाई अपमानित बनाइरहेको बताए ।

उनले भने,‘रेशम चौधरीलाई नक्कली पत्र बनाएर किन पक्राउ गरियो? गभर्नर नियुक्ति गर्न नसक्ने अवस्था किन आयो ? विश्वविद्यालयका भिसी किन खाली हुँदैछन् ? स्वास्थ्य बिमा किन भुक्तानी हुँदैन ? मध्यपहाडी लोकमार्गअन्गर्ततका पूल निर्माण कहिले पूरा हुन्छन् ? प्रश्न र जिज्ञासा हामीले सदनमा दैनिक राखिरहेका छौं ।’

मंगलबार, २३ बैशाख २०८२, १३ : १२

प्रतिक्रिया