काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रचण्डले सोमबारको बैठकमा आलोचना गरेका थिए।
सरकारले बजेट ल्याउने तयारी गरिरहेका बेला अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेतालाई भेटेका हुन्। उनीहरुबीच सरकारले ल्याउन लागेको बजेट र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ। यसैक्रममा अर्थमन्त्री पौडेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।
प्रतिक्रिया