काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन्।
गए राति खुमलटारस्थित निवासको शौचालयमा लडेर घाइते भएका उनलाई राति नै उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो।
अस्पताल स्रोतका अनुसार राति १२ बजे अस्पताल भर्ना भएका प्रचण्डको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ। इमर्जेन्सीमा भर्ना भएका उनी आज विहान पाँच बजे डिस्चार्ज भएका हुन् ।
प्रतिक्रिया