काठमाडौं- युएई नेपालीहरूको प्रमुख रोजगार गन्तव्य मुलुक हो । पछिल्ला वर्षहरूमा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि युएईका जाने गरेका छन् ।
युएईमा करिब ४ लाख नेपाली रहेको अनुमान छ । यदि तपाईं पनि युएईमा हुनुहुन्छ, पासपोर्ट नवीकरण गर्ने बेला भएको छ तर त्यसबापत लाग्ने शुल्कबारे अनभिज्ञ हुनुहुन्छ भने यी भिडियो तपाईँका लागि हो।
युएईस्थित नेपाली दूतावासले गत माघ १५ गतेदेखि विभिन्न शुल्क परिमार्जन गरेर लागु गरेको छ । जस अनुसार पृष्ठ अनुरूप पासपोर्ट नवीकरणको शुल्कमा फरक पर्नेछ। १. ३४ पृष्ठको पासपोर्ट हराएको, च्यातिएको, फाटेको वा अरू कुनै कारणले प्रयोग गर्न नमिल्ने अवस्थामा नयाँ पासपोर्टको लागि आवेदन गर्दा अब ३०० युएई दिराम दस्तुर लाग्नेछ ।
२. ६८ पृष्ठे पासपोर्ट हराएको, च्यातिएको, फाटेको वा अरू कुनै कारणले प्रयोग गर्न नमिल्ने अवस्थामा नयाँ पासपोर्टको लागि आवेदन गर्दा अब ६०० युएई दिराम दस्तुर लाग्नेछ ।
नियमित अवस्थामा भने ३४ पृष्ठको पासपोर्ट नवीकरण गर्दा २०० दिराम र ६८ पृष्ठको नवीकरण गर्दा ४०० युएई दिराम नै शुल्क लाग्ने छ ।
प्रतिक्रिया