कञ्चनपुर–कमला सडक विस्तार लहानमा ‘ओभरपास’ निर्माण थालियो

बुधबार, २४ बैशाख २०८२, १० : ३८

सिरहा- पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो ।

सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव ८३ किलोमिटर लम्बाइमध्ये पश्चिम (सिरहा) खण्ड बलानबाट कमलासम्म ४७ किलोमिटर खण्डाको ६२ प्रतिशत काम पूरा भएको छ । लहान चोकमा रहेको सहिद स्मारक हटाएसँगै  ‘ओभरपास’ निर्माण थालिएको हो । 

कञ्चनपुर–कमला सडक आयोजना पश्चिम खण्ड (सिराहा)का सूचना अधिकारी सरोज कोइरालाका अनुसार अन्तरराष्ट्रिय मापदण्डअनुसारका ३२ मिटर चौडा दुई ओभरपास निर्माण हुने छन् । मिर्चैयाको चोकमा पनि ‘ओभरपास’ निर्माण प्रारम्भ भएको छ । यो सडक खण्डमा पाँचवटा ‘अण्डरपास’ निर्माण हुने छन् । लहानमा अण्डरपास पनि धमाधम बन्दैछन् । 

आयोजनाको कुल लागत रु १५ अर्ब ६६ करोड ४४ हजार ९८३ छ । पूर्वीखण्ड (सप्तरीको कञ्चनपुरबाट कुशहासम्मको ३९ किलोमिटर स्तरोन्नति गर्न  रु सात अर्ब २७ करोडमा ठेक्का लागेको छ  । यस खण्डमा करिब ६० प्रतिशत भौतिक प्रगति भएको जानकारी उनले दिए । 

बुधबार, २४ बैशाख २०८२, १० : ३८

प्रतिक्रिया