टुँडिखेलमा गणतन्त्र दिवसको रौनक (तस्बिरहरु)

विहीबार, १५ जेठ २०८२, ११ : ४५

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित विशेष समारोहमा  सरिक भएका छन् ।

त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो । साथै सो अवसरमा  सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरियो ।

समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष,मन्त्रीगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभाव पनि सहभागी भएका थिए ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०८२ अंकित ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरियो  । कार्यक्रममा विविध साँस्कृतिक झाँकी प्रदर्शन र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट मार्चपास प्रस्तुत भयो ।

विहीबार, १५ जेठ २०८२, ११ : ४५

प्रतिक्रिया