काठमाडौं- सरकारी कर्मचारी भएर विधान विपरीत अनेरास्वयिुको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका शंकर पाठक पराजित भएका छन् । बागमती प्रदेशको भूगोलबाट खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पाठक पराजित भएका हुन् ।
बागमती प्रदेशबाट खुलामा ७ जना केन्द्रीय सदस्यको कोटा रहेकोमा १७ जनाले उम्मेदवारी दिएका थिए । त्यसमा दोलखाको भीमेश्वर नगरपालिकाका पशु सेवा सहायक चौथोमा करारमा कार्यरत शंकर पाठकले पनि उम्मेदवारी दिएका थिए । उनी ५४ मत ल्याएर पराजित भएका छन् ।
यो पनि पढ्नुस्
सरकारी कर्मचारी शंकर पाठक अखिलको उम्मेदवार !
बागमतीको भूगोलबाट खुलातर्फ सात जनामा पुष्कर भट्टराईले ९६, रविन तामाङ ९२,श्याम लामा(श्यामकुमार तामाङ) ९०, प्रशान्त लुंगेली ८८, प्रशान्त सुवेदी ६८, देवी प्रसाद सापकोटा ६६, ई.सुदिन अधिकारीले ६६ मत ल्याएर विजयी भएका छन् ।
अनेरास्ववियुको विधान विपरीत पाठकले उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी सदर गरेर निर्वाचन समितिले नामावली प्रकाशित गरेको थियो। त्यसबारेमा आजको अर्थले समाचार सम्प्रेषण गरेको थियो ।
अनेरास्ववियुको विधानमा सरकारी कर्मचारी संगठनको कुनै पनि पदमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ । २०७९ को तेस्रो नीति तथा विधान सम्मेलनबाट पारित अनेरास्ववियुको विधानमा सरकारी कर्मचारीसहित अन्य विभिन्न संघसंस्थामा आबद्ध भएका पनि उम्मेदवार बन्न नपाउने प्रावधान रहेको छ ।
प्रतिक्रिया