प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म छुट दिने

बुधबार, ०४ असार २०८२, १२ : १९

काठमाडौं- प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट पाइने भएको छ।

कम्पनीले एक सूचना जारी गर्दै व्यतित भएका बीमालेख असार ४ गतेदेखि असार १५ गतेसम्म रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको हो।

कम्पनीले ३ वर्षभन्दा बढी अवधिदेखि व्यतित भएका बीमालेखमा २५ प्रतिशत, २ वर्षदेखि माथि तर ३ वर्षभन्दा कम अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत र २ वर्षभन्दा कम अवधिदेखि व्यतित रहेको बीमालेखमा ७५ प्रतिशत छुट दिने बताएको छ।

एकपटक छुट सुविधा लिइसकेकाले भने बीमालेख अवधिभर पुनः छुट सुविधा नपाउने कम्पनीले जनाएको छ । 

बुधबार, ०४ असार २०८२, १२ : १९

प्रतिक्रिया