नेपाल पुनर्बीमा कम्पनीले मुद्दति निक्षेपमा लगानी गर्ने, शिलबन्दी प्रस्ताव आह्वान

बुधबार, ०४ असार २०८२, ११ : २०

काठमाडौं- नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले बुधबार सार्वजनिक सूचना जारी गर्दै मुद्दति निक्षेप रकम लिन इच्छुक संस्थाहरुबाट शिलबन्दी प्रस्ताव आह्वान गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख तथा ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्था र नेपाल पूर्वाधार बैंकको केन्द्रीय कार्यालय मार्फत लिन इच्छुकहरुलाई कम्पनीको वेबसाइटमार्फत शिलबन्दी पेस गर्न कम्पनीले अनुरोध गरेको छ । शिलबन्दी पेस गर्नका लागि पाँच दिनको समय दिइएको कम्पनीले जनाएको छ ।

बुधबार, ०४ असार २०८२, ११ : २०

प्रतिक्रिया