क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सद्वारा बाह्य लेखापरीक्षक नियुक्त

विहीबार, १२ असार २०८२, १६ : ४५

काठमाडौं- क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बाह्य लेखा परीक्षक नियुक्त गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को बाह्य लेखा परीक्षण सम्बन्धी कार्यको लागि लेखा परीक्षक श्री जे.एन उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ ।

कम्पनीको जेठ २३ गते सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाको निर्णयले यस संस्थालाई बाह्य लेखा परीक्षकको लागि पुनः नियुक्त गरेको हो ।

विहीबार, १२ असार २०८२, १६ : ४५

प्रतिक्रिया