राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति पौडेल धान रोपाईंमा सहभागी (तस्बिरहरु)

आइतबार, १५ असार २०८२, १० : १३

काठमाडौं– असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाईं गरिएको छ  । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाईं कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल  सहभागी भएका थिए  । 

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको  आधार मात्र नभएर व्यवसायिक  बनाउनुपर्ने बताए  । कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको जनाए। 

उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने बताए  ।रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

 
 
 
आइतबार, १५ असार २०८२, १० : १३

प्रतिक्रिया