४४ नेपाली महिला कामदारलाई चीनबाट फर्काइयो

४ बर्ष अगाडि

काठमाडौँ–चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार आज नेपाल फर्काइएको छ । 

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई  दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा आज नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गत मे महीनामा उक्त कारखानामा काम गर्न भनी चीन गएका थिए ।
 
दूतावासमा जुन महीनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो प्राप्त भएपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया