मधेसमा चहलपहल बढ्दै

सोमबार, १८ साउन २०८३, १३ : २२

     जनकपुरधाम - अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ ।
 
    सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो । 
 
    गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात्  मधेस प्रदेशमा लयमा फर्किन थालेको हो । 
 
    धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्युु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ ।   
    
    स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन सामान्य बन्दै गएको बताउनुभयो ।  
 
    सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई सूचना जारी गर्दै आग्रह गरेको छ ।
रासस

सोमबार, १८ साउन २०८३, १३ : २२

प्रतिक्रिया