१) देउडाको पृष्ठभूमि
देउडा गीत नेपालको कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा गाइने तथा खेलिने खेलको रुपमा विकास भएको स्थानीय लोकप्रिय, मौलिक, लोकगीत र नृत्यको एक शैली हो ।
यसमा डेढ कदम अगाडी वा आधा कदम पछाडी गरी खुटाको चाल मिलाएर गोलाकार घेरामा केटा र केटीहरुको सामूहिक टीम मिलेर खेलिने खेल वा नृत्यलाई देउडा भनिन्छ । यस नृत्यले यस क्षेत्रको पहिचान, सांस्कृतिक, मायाप्रेम, एकआफसको सद्भाव, सामूहिक टीमवर्क र जनजीवनको सांस्कृतिको दिगो विकास झल्काउँने एक (Entertainment) मनोरञ्जन हो । यस खेलको नियमले हातमा हात मिलाएर वा काँधमा काँध मिलाएर गोलाकार रुपमा एक सारले खेलिने खेल हो । यसको आफनै बिशेषतामा, लय र नियम छ् ।
डेढ कदमको चाल सँगै लय मिलाएर तथा भाँका मिलाएर खेलिने खेल तथा बिशेष नृत्य हो । माया(प्रेम, सुख(दुःख, वेदताको गाथा, सामाजिक रीतिरिवाज, राजनैतीक परिर्वतन, आर्थिक प्रभाव र ऐतिहासिक परिर्वतनको कथाहरुमा खेलिने खेल हो । यसमा दोहोरी वा सवाल(जवाफको रुपमा पनि गीत गाउने चलन हुन्छ । वीरता, रस र कथामा आधारित गतिमा गाइने सांस्कृतिकको नृत्य हो । यसको शाब्दिक अर्थ भन्ने हो भने टेउडो खुट्टा बाँगो हुनेगरी सार मिलाएर खेलिने खेल तथा नृत्यु भएको यसलाई खेललाई देउडा को रुपदिई देउडा भनेको छ ।
२) देउडा उत्पत्तिको संक्षिप्त जानकारी
इतिहासकारहरुका अनुसार देउडा गीतको पहिलो उत्पत्ति लाखौ वर्ष पिहले नेपालको कर्णली क्षेत्र स्थित जुम्लाको सिंजा साम्राज्यको कालमा खस भाषा र सभ्यतासँग सांस्कृतिको रुपमा विकास भएको हो । यो मध्यपश्चिम र सुदूरपश्चिमको पुरानो लोक सांस्कृति हो । यस नृत्यको उत्पति खस साम्राराज्यको ऐतिहासिक तथा साँस्कृतिक विकासको सिलसिलामा खस भाषिकाको प्रयोगसँग यो गायन र नृत्य शैलीको एक खेलको रुपमा विकास एक सिँजा क्षेत्रमा पहिलो पटक वकास भएको हो भन्ने इतिहासमा छ ।
यस खेलको विशेष नियमहरुमा गोलो घेरामा खुट्टाको डेढ कदम चाल मिलाएर खेल्ने खेल तथा नृत्य भनिएको हो । यस नृत्यमा आफना दुःख, सुख, प्रमे(माया र इतिहासका कुराहरु बढी समेटिएका हुन्छन् । यो एउटा नेपालको सुदूरपश्चिम र मध्यपश्चिमको एकताको एक चिनारी पनि हो । यसले क्षेत्रको एकिकरण तथा माया(प्रेमको विकास गरी एकताबद्ध र एकआपसमा जोडिने काम गरेको छ ।
३) देउडाले समेटिएका क्षेत्रहरु
यस नृत्यलाई मनाउने क्षेत्र कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही पहाडी जिल्लाहरुमा यो लोक र्सास्कृतिक रुपमा अत्यधिक विकास भई स्थानीय जनताको लागि लोकप्रिय बनेको छ । यसको महत्व स्थानीय जनजीवन, पीरब्यथा, प्रेम(माया, इतिहास र सामाजिक परिर्वतनका क्रिर्याकलापहरुलाई उजागर गर्ने कार्य गरी बढी प्राथमिकतामा राखेको छ ।
यसको बढी प्रभाव भनेको बैतडी, दार्चुला, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाड।, कञ्चनपुर, कैलाली, मुगु, डोल्पा, कालीकोट, जुम्ला, हुम्ला, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान, पश्चिम रुकुम, पूर्व रुकुम, रोल्पा, दाङ्ग, बाँके, बद्रिया आदि जिल्लाहरुमा खस राज्यको उत्पतिसँगै देउडा गीतको उत्पति भएको हो भनिन्छ साथै मंनोञ्जरनको रुपमा मनाउदै आएको पनि देखिन्छ् । देउडा सांस्कृतिकला, साहित्य र सामाजिक एकताको अमूल्य निधि पनि मानिएको छ । यसले मानिसका सुख(दुःख, माया(प्रेम र जीवनका भोगाइहरुलाई कलात्मक रुपमा प्रस्तुत गर्नुका साथै स्थानीय परम्परा र आपसी सद्भावलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
यस लोकसँगितले एकता तथा टीमवर्क बनाउामा बल पुगेको छ । यस क्षेत्रका जनताले कुनै पनि खुसीको माहोलमा देउडा नृत्य तथा खेल खेली मंनलाई रमाउने कार्य गर्दछन्। त्यसैले यसले त्यो क्षेत्रमा एकिकरण गरी आ( आफनोको सम्झनालाई उल्लेख गर्ने एक विधि बनाएको छ । यसको भूमिका त्यो क्षेत्रमा महत्वपूर्ण भएकाले साँस्कृति विकासका भएको छ । यसका केही महत्वपूर्ण संरक्षणहरु तल दिएकाछन् ।
–इतिहासको जगेर्नाः पुर्खाका पालादेखिका रीतिरिवाज, ज्ञान र गाथाहरुलाई यसले मौखिक रुपमा एक पुस्ताबाट अर्को पुस्तामा सारेको छ ।
–सांस्कृतिक जगेर्नाः नेटीजेन नेपाल ९इन्टरनेट प्रयोगकर्ता० मा चर्चा गरिएझै, यसको बहुआयामिक महत्व जोगाउन सरोकारवालाहरुले जोड दिएका छन् ।
–विकृति रोक्नेः आधुनिकताको नाममा यसमा आउने विकृतिलाई हटाई मौलिकता बचाइराख्नु आजको मुख्य आवश्यकता हो ।
४)देउडाका प्रकारहरु
नेपालको कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको क्षेत्रमा गाइने देउडा गीत मुख्यतया विषय बस्तु, प्रस्तुति र स्थानीय प्रचलनका आधारमा विभिन्न प्रकार र भाकामा विभक्त हुन्छन् । यसलाई विभिन्न नाम र शैलीमा पनि चिनिन्छ । यसलाई सुदूरपश्चिमको कुरा गर्ने हो भने बैतडी, डंडेल्धुरा, कञ्चनपुर, कैलाली, डोटी बाजुरा अछाम जिल्लाहरुमा न्याउला खेल पनि बढी खिलन्छ भने यसैलाई दार्चुलाको मार्मा क्षेत्रमा गुन्जाउ नामले चिनिएको छ । बझाङ जिल्लाका केही भागमा यसलाई तिउणा नामले चिनिने गरेको छ । यस प्रकार तथा भेदहरु सम्बन्धी तलउल्लेख गरिएका छन् ।
–सवाल जवाफ वा दोहरी देउडाः दुई समूह बीच प्रश्नोत्तरको रुपमा गाइने मर्यादित दोहोरी शैलीले गाइने खेल तथा नृत्य हो ।
–खेल वा नृत्यप्रधान देउडाः गोलाकार रुपमा हात समाएर खुट्टाको चाल मिलाउँदै खेलिने खेल तथा नृत्य हो ।
–गाथात्मक वा हुड्केउली देउडाः वीर पुरुष, ऐतिहारिक घटना र पैकेलाहरुको गाथा समेटेर बनाएको स्थानीय गीत हुड्कोको तालमा गाइने नृत्य पनि एक हो ।
–छमको वा र्याउली देउडाः चाडपर्व, मेला, पौवा र गौरा जस्ता उत्सवमा रमाइलोका लागि भाका मिलाएर गाइने खेल तथा नृत्य हो । यसलाई सबै स्थानीय जनताले रुचाएका हुन्छन् ।

५)देउडाका फाईदा तथा बेफाईदाहरु
सुदूरपश्चिम, कर्णाली र पश्चिम रुकुमका पहाडी क्षेत्रको मौलिक सांस्कृति तथा लोकनृत्य देउडा हो । यसका सकारात्मक पक्ष (फाइदा) र यसको संरक्षण तथा प्रयोगमा देखिने केही सीमा वा चुनौती (बेफाइदा) हरु पनि यस प्रकार प्रस्तुत गरिएका छन् ।
क) फाइदाहरु
–सांस्कृतिक पहिचानः यसले नेपालको सुदूरपश्चिम, कर्णाली र पश्चिम रुकुमका पहाडी क्षेत्रको छुट्टै ऐतिहासिक तथा मौलिक एकता तथा पहिचान जोगाएको छ ।
–सामाजिक सद्भावः यसमा मानिसहरु मिलेर थोल घेरामा नाच्ने भएकाले समाजमा मेलामिलाप एकता र आपसी सम्बन्ध बलियो हुन्छ
–भावना पोख्ने माध्यमः सुख(दुःख, माया(प्रेम र वेदनाका कुराहरु सजिलै गीत र लय मार्फत व्यक्त गरिन्छ ।
–शारीरिक स्फूर्तिः समूहमा लय मिलायर पाइला सार्दै खेलिने हुनाले यो एक प्रकारको परम्परागतश शारीरकि व्यायाम पनि हो ।
–सचेतना र व्यड।ग्यः समाजमा रहेका कुरीति, असमानता र राजनीतिक विकृतिविरुद्ध देउडा मार्फत मीठो व्याड।ग्य र चेतना फैलाइन्छ ।
ख)बेफाइदा वा चुनौतीहरु
–युवा पुस्ताको कम चासोः आधुनिक संगीत र प्रविधिको अत्यधिक प्रभावले नयाँ पुस्ताले यसलाई बिर्सदै जानु हो ।
–संरक्षणको अभावः राज्य र स्थानीय तहबाट पर्याप्त संस्थानगत सहयोग र डिजिटल अभिलेखीकरण नहुनु हो ।
–विकृतिको जोखिमः मौलिकता हराएर केही आधुनिक तथा छाडा शैलीका देउडा गीतहरु बन्न थाल्नु छ ।
–क्षेत्रीय सीमिततमः अन्य क्षेत्रमा यसको प्रचारप्रसार कम हुँदा यसलाई राष्ट्रिय स्तरमा पूर्ण रुपमा फैलाउन नसकनु हो ।
माथि उल्लेखित दुइटै पक्ष्यले देउडामा टिमवर्क (समूह सहकार्य) गोलाकार रुपमा हात समातिएर वा पाखुरामा पाखुरा जोडेर एकै साथ खुट्टाको चाल, लय र स्वर मिलाएर खेल्ने खेल तथा नुत्य हो । यसमा सहभागीहरु दुई समूहमा बाँडिएर प्रश्नोत्तर वा सवाल(जवाफको शैलीमा सामूहिक रुपमा दोहरी गीत गाँईन्छ । सबै सहभागीहरु गोलो घेरामा मिलेर उभिन्छन् र एकअर्काको हात समाउन् यो मौलिक र अति रमाईलो गरी खेल्ने खेल हो ।
सबैले एकै तालमा एक कदम अगाडी र आधा कदम पछाडी सर्ने नियम भएको वा गतिमा खुट्टा चलाउने कार्य भएको नृत्य हो । सबैको सामूहिक स्वरले गीतको १४ अक्षरको छन्द र लयलाई निरन्तरता दिने काम गरिन्छ। एक टीमले प्रशन वा पहिलो हरफ गाँउदा अर्को टिमले त्यसको लय र अर्थ खुल्नेगरी तुरुन्तै जवाफ फर्काउने प्रक्रिया अति राम्रो र कुशल नेतृत्व भएको हुन्छ । यसलाई आँसु कविको रुपपनि दिएको छ । देउडा शब्दको अर्थ सुदूरपश्चिम, कर्णाली र पश्चिम रुकुमका पहाडी क्षेत्रमा प्रचलित एक प्रकारको लोकसांस्कृति, लोकगीत र लोकनृत्यका रुपमा चिनियको खेल हो । । यसले खुट्टाको पैतलासँग मिलाएर खेलिने एक विशिष्ट चाल, ताल र सार सामूहिककासाथ हातमाहात मिलाएर प्रेमभावनाले खेलिने खेल हो।
यस खेलको नियम अनुसार गोलो आकारको घेरा बनाई केटा र केटीको सामूहिक गाइने तथा खेलिने खेल भएकोले यस सांसकृतिलाई टीमवर्कको रुपपनि दिएको छ। यस खेलमा बर्षोबर्ष भएको दुश्मनीलाई पनि विर्सेर मित्रको रुपमा प्रिणत भइर् एक गोलो घेरामा खेलिने नृत्य पनि हो । यस खेललाई मित्रता मिलाउने माध्यमको रुपमा चिनिने गरेको छ जस्तै सबै मानिसहरु लहरै वा गोलाकार घेरामा एकअर्काको कम्मरमा समाएर वा हातसमातेर खेल्ने भएको खेलको नियम भएर पनि कुनै दुश्मन नरही सबै प्रेमभावनाले मित्रको स्वरुपमा बाँधने खेल हो ।
यसले स्थानीय जनजीवन, प्रेम, वेदना, इतिहास र सामाजिक संस्कृति झल्काने नृत्य हो । यस खेलमा गरिब र धनि तथा छुवाछातको भेवभाव नगर्ने नियम भएकाले मनोरञ्जनकासाथ सबैको सहभागिता एकरुपमा वा समान्ताको रुपमा मानिने खेल, नृत्य र सांस्कृति मानेकोले यसलाई लोक प्रिय खेलको रुपमा लिएको पनि छ। यसको उत्पन सिंजा सभ्यता र खस राज्यको कालखण्डमा भएकोले यसमा राजामहाराजाको समयमा मनोरञ्जन र वीरताका गाथा गाउन प्रयोग गरिएको थियो । यहाँ उल्लेख गरिएका विभिन्न कारणहरुले गर्दा पहिलेका दिनहरुमा न्याउल्या भनिने यी गीतहरुलाई अब देउडा गीत भनिएको भन्ने चलन छ ।
६) अन्त्यमा देउडाको निष्कर्ष
देउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरु बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बुढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिकाहरु छुट्टै रुपमा पनि देउडा खेलेको पाइन्छ । सबै उमेरका मान्छेहरु तथा युवायुवतीहरु एकै समूहमा घेरा बनाएर पनि नृत्य प्रस्तुत हुन्छ । अपरिचित मान्छेहरु एकै खेलमा जुटेर गीतैगीतको सवाल(जवाफ मार्फत परिचय गर्ने र माया(प्रेमका गीतहरु समेत गाउने गर्दछन् । मौलिक पहिचान बोकेको देउडा सांस्कृतिकला, साहित्य र सामाजिक एकताको अमूल्य विधि नै हो देउडा । यसले मानिसका सुख(दुःख, माया(प्रेम र जीवनका भोगाइहरुलाई कलात्मक रुपमा प्रस्तुत गर्नुकासाथै स्थानीय परम्परा र आपसी सद्भावलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । यसले सुदूरपश्चिम, कर्णाली र पश्चिम रुकुमका पहाडी क्षेत्रका ऐतिहासिक र साँस्कृतिक पहिचानलाई जोगाएको छ । चाडपर्व, बिहे, विजय र जमघटहरुमा सबै मिलेर उत्सावमा खेल्ने हुनाले यसले मानिसहरु बीचको सम्बन्धलाई बलियो बनाएको छ। यसमा जीवनका भोगाइ, सुख-दुःख, मिलन र बिछोडका कुराहरु सहज रुपमा एक(अफसमा पोखिन्छन् ।
देउडा गीतहरुमा प्रयोग हुने शब्द, लय, सार र पद्य संरचनाले नयाँ पतिक जस्ता माध्यमबाट लयको साहित्यिक मूल्य उजगार गरेको छ। पुर्खाका पालादेखिका रीतीरिवाज, ज्ञान र गाथाहरुलाई यसले मौखिक रुपमा एक पुस्ताबाट अर्को पुस्तामा सारेको छ। यसले बहुआयामिक महत्व जोगाउँन सरोकारवालाहरुले जोड दिएकाछन्। आधुनिकताको नामान उसमा आउने विकृतिलाई हटाई मौलिकता बचाइ राख्नु आजको मुख्य आवश्यकता हो। देउडा भाषीका खासगरी सुदूरपश्चिमञ्चलका ग्रामीण जिल्लाहरु बैतडी, अछाम, बाजुरा, दार्चुला, डोटी, डंडेलघुरा लगायतका जिल्लाहरुमा प्रचलित छ। यस्तै मध्य पश्चिमाञ्चलका कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, जाजरकोट, बाँके, बर्दिया र सुर्खेत जिल्लाहरुमा मुख्य रुपमा रहेको छ। देउडा गीत पश्चिमेली भाषामा गाइने गरिएको छ। देउडा गीतको सुरुवात खस भाषिकाको सभ्उता सँगै सुरु भएको अनुमान छ।
कतिपय ठाउँ पहिलेका दिन र अझै अहिलेका दिनहरुमा देउडा गीत गाउन देउडा भाषिक बोल्ने लाज मान्ने चलन पनि प्रचलित रुपमा भेटिन्छ । त्यो अवस्थामा देउडा गीतको गीतबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बीच सवाल-जवाफ चल्ने र्गदछ । यदि मात्र होइन देउडा गीतबाट नै कतिपयका घरवार बसेका अर्थात देउडा गीत गाउन जाँदा गाउने र सवाल जवाफ गर्ने ठाउँमा केटा र केटीको एक आपसमा माया-प्रेम चलेर विवाह भएको कुरा पनि बुढापाकाबाट सुन्नमा पनि आउँदछ। (लेखक डा.सिंह, सुशासन तथा समाजशास्त्र विज्ञ तथा हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखाका जिल्ला सभापति हुन्)
प्रतिक्रिया