अपडेट

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

बुधबार, ३१ भदौ २०८३, ०९ : ५०

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा  आज अपराह्न ४ः०० बजे बैठक बस्नेछ । 

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ ।

बुधबार, ३१ भदौ २०८३, ०९ : ५०

प्रतिक्रिया