साउन १ गतेदेखि शेयर बजार पूर्ण रुपमा स्वचालित

५ बर्ष अगाडि

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले शेयर बजारलाई पूर्ण रुपमा स्वचालित बनाइने बताएका छन् ।  
नेपाल पूँजी लगानीकर्ता संघसँग आज भउको घेटमा प्रमुख कार्यकारी अधिकृत अर्यालले आगामी साउन १ गतेदेखि बजार पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित हुने बताएका हुन् ।  
उहाँले बजार विस्तारका लागि कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे ।  
शेयर बजारको सुधारको लागि लगानीकर्ताको सल्लाह र सुझावको सदैव कदर गर्दै अगाडि बढ्ने प्रतिवद्धता समेत उनले बताए । । 


शेयर बजार निरन्तर ओरालो लागेको र लगानीकर्ता निराश भइरहेको बेला नेप्से प्रमुखको सो भनाईले लगानीकर्तालाई केही मात्रामा भएपनि लाभ प्रदान गर्ने विश्वास लिइएको छ । 
अर्थमन्त्री स्तरीय निर्णयपछि यही सोमबार नेप्से प्रमुखमा अर्याल नियुक्त हुनु भएको हो । निर्वाचन आचारसंहिता विपरित तत्काल शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका चन्द्रसिंह साउद यही असार २० गतेको मन्त्रिपरिषद्को निर्णय लगत्तै खारेजीमा परेका थिए ।    
 

५ बर्ष अगाडि

प्रतिक्रिया