अमेरिकी पूर्वराष्ट्रपति अस्पताल भर्ना

मंगलबार, २६ कार्तिक २०७६, १४ : ०४

अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ ।

पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । 
 
इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् । 

उहाँ यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल भर्ना हुनुभएको थियो । त्यतिबेला उहाँलाई जर्जिया स्थित आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पताल लगिएको हो । 

अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरले सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको नेतृत्व गर्नुभएको थियो ।  
 

मंगलबार, २६ कार्तिक २०७६, १४ : ०४

प्रतिक्रिया