हिउँको डल्लो छानो नै छेडेर भित्र खसेपछि...

शुक्रबार, २९ कार्तिक २०७६, ११ : ५०

उत्तर प्रदेशको बुलन्दसहरको सिकारपुर क्षेत्रमा आकासबाट हिउँको टुक्रा खसेर टिनको छानो नै प्वाल पारेर घरभित्र छिरेको अचम्मको घटना बाहिर आएको छ ।

सिकारपुरको चिखल गाउँमा शिवकुमार सिंह नामका व्यक्तिको घरमा शनिबार साझ आकासबाट हिउँको एउटा विशाल टुक्रा घरको छानो छेड्दै भित्र खस्यो ।

छानोबाट एक्कासी ठूलो हिउँको डल्लो छानो नै छेडेर भित्र खसेपछि भागदौड मच्चिएको थियो । भागदौड मच्चिन थालेपछि यो घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो ।

तत्काल घटनास्थलमा पुगेको प्रहरीले हिउँका दुई वटा टुक्रा बरामद गरेर अनुसन्धान सुरु गरेको थियो । हिउँको डल्ला छानो छेडेर घरमा पस्दा कोही घरमा नभएकाले कुनै क्षति भएन ।

तर त्यसलगत्तै छानो नै छेडेको सो वस्तु हेर्नका लागि स्थानीयको भीड लागेको थियो ।

यो घटनालाई कसैले इश्वरको चमत्कार बताइरहेका छन् । तर आकाशबाट हिउँको डल्लो खसेर टिनको छानो नै प्वाल पारेको घटना चर्चाको विषय बनेको छ ।

शुक्रबार, २९ कार्तिक २०७६, ११ : ५०

प्रतिक्रिया