भारतीय ठेकेदारका कारण समस्यामा पर्दै माथिल्लो तामाकोशी, शेयर बिक्री भने आजदेखि सुरु

५ बर्ष अगाडि


काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि दोलखाबासीलाई साधारण सेयर बिक्री गर्ने भएको छ ।

आयोजनाले आयोजना प्रभावित जिल्लाका लागि भन्दै आज साउन १६ देखि आगामी भदौ १४ गतेसम्म सेयर खरिद गर्न पाउने गरी आवश्यक व्यवस्था गरेको छ ।

आयोजनाले न्यूनतम ३० कित्तनदेखि अधिकतम ३ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

लामो विवाद र रस्साकस्सीपछि आयोजना, स्थानीयबासी र प्रभावित क्षेत्रका जनताबीच सहमति भएपछि सेयर बिक्री गर्न लागिएको हो ।

कम्पनीले आज दोलखामा एक कार्यक्रमको आयोजना गरी सेयर बिक्रीको कार्यक्रम सुरु गनेृ तयारी गरेका छ ।

सो कार्यक्रमका लागि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन दोलखा पुग्ने कार्यक्रम रहेको छ ।

करिब ९६ प्रतिशत निर्माण सम्पन्न भएको कूल  ४५६ मेगावाट क्षमताको सो आयोजनाले दोलखाबासीलाई १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्ने छ ।

कूल लगानीको १० प्रतिशतले हुन आउने १ करोड ५ लाख ९० हजार कित्ता सेयर बिक्री गर्न लागिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए ।

दोलखाका विभिन्न बैंक तथा वित्तीय संस्थाको २१ स्थानबाट सेयर आवेदन लिने व्यवस्था मिलाएको छ ।

बैंक तथा वित्तीय संख्याका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिएको र स्वयमसेवी समेत परिचालन गरिएको छ ।

स्थानीयबासीलाई आउजाउ गर्न कठिनाई हुने दुुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलन गरिने प्रवक्ता न्यौपानेले जनाए ।

दोलखालीलाई सेयर आवेदन गर्न डिम्याट खाता नभएपनि हुने व्यवस्था गरिएको छ ।

वैदेशिक रोगजारीमा गएका दोलखालीको हकमा वेबसाइटबाट फारम डाउनलोड गरेर हस्ताक्षर गरेर पठाएमा उनीहरुका परिवारका सदस्यले आवेदन दिन मिल्ने व्यवस्था मिलाइएको छ ।

यस्तै काठमाडौं उपत्यकामा बस्दै आएका दोलखालीलाई पनि सेयर आवेदन दिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

काठमाडौँ उपत्यकमा रहेका दोलखाबासीलाई सनराइज बैंकका शाखाबाट आवेदन दिने व्यवस्था मिलाइएको छ ।

कम्पनीले  आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावित गरी ३ तहमा वर्गीकरण गरेको छ ।

 आयोजना अति प्रभावित तत्कालीन  लामाबगर र गौरीशंकर गापिसका आवेदकले  हरियो रंगको आवेदन फारम फारम भर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै सडक र प्रसारण लाइनले छोएको क्षेत्रका प्रभावित स्थानीयले निलो रंगको आवेदन फारम भर्नेछन् भने  कम प्रभावित अरु क्षेत्रका लागि कालो रंगको आवेदन फारम तयार पारिएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबकन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलले आवश्यक व्यवस्था मिलाइसकिएको जनाएको छ ।

प्रभावितलाई  सेयर बिक्री गरिसकेपछि सर्वसािधारणलाई सेयर बिक्री गर्ने कम्पनीको तयारी छ ।

सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख बराबरको  १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरिएको छ ।

सर्वसाधारणले न्युनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म सेयर खरिद गर्न पाउने व्यवस्था मिलाइएको छ ।

स्थानीय र सर्वसाधारणलाई सेयर बिक्री गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने तयारी गरिएको छ । तर तामाकोशीले गत महिना प्रकाशित गरेको आह्वानपत्रलाई मान्ने हो भने तामाकोशीको सेयरबाट तत्काल फाइदा हुने अवस्था रहेको छैन । चालु आवमा सो कम्पनीको सेयर खरिद गर्नेले प्रतिकत्तिा ३० पैसा घाटा व्योहोर्नु पर्नेछ । आगामी आवमा समेत फाइदा हुने देखिदैन । गत आवमा त प्रतिकित्ता सेयरमा २ रुपैयाँ घाटा रहेको थियो ।

कूल लागत ३५ अर्ब रहेकोमा पछिल्लो दिनमा लागत बढेर ७० अर्ब पुग्ने क्रममा रहेको छ । आगामी पुसमा निर्माण सम्पन्न गर्ने भनिएपनि आयोजना सम्पन्न हुन अझै एक वर्षको हाराहारीमा लाग्ने देखिएको छ ।

सिभिल निर्माणको काम सकिन लागेपनि सुरुङ भित्रको ठाडो सुरुङ भित्र पाइप जडान गर्ने कार्य हालसम्म सुरु हुन सकेको छैन । भारतीय ठेकेदार कम्पन िटेलम्याकोले काम गर्न नसक्दा आयोजना प्रभावित हुँदै गएको छ ।

सिंगटी लामो साघु सडक खण्डका कारण निर्माण सामग्री आयात गर्न समस्या परेको भन्दै भारतीय ठेकेदार कम्पनीले जानी बुझीकन आयोजनामा ढिलाई गरिरहेको छ ।

सो आयोजना निर्माण सम्पन्न भए सँगै वर्षको ६ महिना नेपालले भारतबाट विद्युत् आयात गर्ने अवस्थाको अन्तय हुने छ । सोही बुझेको भारतीय कम्पनीले जाना जान नै आयोजनाको काममा ढिलाई गरिरहेको छ ।

आयोजनामा भइरहेको ढिलाईका बारेक कुने पनि सरकारी निकायले हालसम्म चासो व्यक्त गरेको छैन । पछिल्ला दिनमा नेपाल विद्युत् प्राधिकरणले समेत त्यत्ति चासो नदिएको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया