पाँच घण्टा ढिला गरी कांग्रेस बैठक सुरु

४ बर्ष अगाडि

 नेपाली कांग्रेस केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा पाँच घण्टा ढिला सुरु भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ ५ बजे मात्र सुरु भएको हो । 

वरिष्ठ नेता रामचन्द्र पौडेल  र कृष्णप्रसाद सिटौला पक्षले भने बैठक बहिष्कार गरेका छन् । 

बैठकमा केन्द्रीय सदस्य दीपक गिरीबाहेक पौडेल पक्षका अन्य सदस्य सहभागी छैनन् । नेता महेश आचार्य भने बैठक ढिला भएको भन्दै हस्ताक्षर गरेर बाहिरिएका छन् । बैठकमा नेता कृष्णप्रसाद सिटौलासमेत सहभागी छैनन् । सिटौला टिमका उमाकान्त चौधरी र शिवप्रसाद हुमागाईंमात्र सहभागी छन् । 

बिहीबार चाक्सिबारीमा भएको संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको छलफलबाट पनि सहमति जुट्न नसकेपछि असन्तुष्ट पक्षका नेताहरुको बैठक शुक्रबार बिहान महामन्त्री सशांक कोइराला निवासमा बसेको थियो। बैठकमा महाधिवेशनको कार्यतालिका तय नभएसम्म विभाग गठन, नेविसंघ, तरुण दललगायतका अन्य आन्तरिक व्यवस्थापनका विषयमा प्रवेश नगर्ने र त्यसका लागि निरन्तर देउवालाई दबाब दिनेमा सबैले जोड दिएका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया