यस्तो छ नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

४ बर्ष अगाडि

वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको वहिष्कारका बाबजुत नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशन २०७७ फागुन ७ गते ८ , ९ र १० गते सम्पन्न गर्ने निर्णय गरेको छ । 

२०७६ साल फागुन २० गते देखि लागु हुने गरी सबै पदाधिकारी र सदस्यहरुको समय २०७७ फागुन १९ गते सम्म एक बर्षका लागि थप गर्ने निर्णय गर्दे १४ औ महाधिवेशनको मिति तय गरेको हो । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको समयावधि थप गर्दे महाधिवेशनको मिति तय गरेको हो । २०७७ मंसिर ९ गते गाउ र नगरका वडाहरुको अधिवेशन गर्ने, २०७७ मंसिर ११ मा ७ सय ५३ वटै स्थानीय तहमा एकै दिन  र प्रदेशसभाका ३ सय ३० वटा प्रदेशसभाको क्षेत्रिय अधिवेशन २०७७ मंसिर १५ गते हुनेछ । त्यसैगरी १ सय ६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रिय अधिवेशन २०७७ मंसिर १७ गते गर्ने कार्यतालिका तय भएको छ । ७७ वटै जिल्लाको जिल्ला अधिवेशन २०७७ मंसिर २५ गते हुनेछ भने ७ वटा प्रदेशको अधिवेशन २०७७ पुस १५ गते सम्पन्न गरि कार्यतालिका बैठकले सार्वजनिक गरेको छ ।  

बैठकले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तावित विभागहरुको संरचनात्मक र संख्यात्मक हेरफेर सम्बन्धी प्रस्ताव परिमार्जन गरी पारित गरेको छ । थारु विभाग एंव भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबास  र मुक्त कमैया सम्बन्धी विभाग थप गरेर प्रस्तावित ४१ लाई ४३ वटा विभाग बनाएर बैठकले टुंग्याएको छ । त्यसैगरी नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको पदाधिकारीको कार्यअवधि ६ महिना थप गरेको छ ।  

बैठकले नेविसंघको निर्वाचन बारे सम्पुर्ण अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।  

४ बर्ष अगाडि

प्रतिक्रिया