सत्तारुढ दलबाटै सभामुख निश्चित - सञ्चारमन्त्री बाँस्कोटा

४ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन ।

कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान  प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अन्य दललाई उक्त पद नदिने सङ्केत गरे । 

“सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।” उनले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारीसमेत दिए ।

सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डो¥याउँदै लगिरहेको बताउँदै उहाँले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गर्नुभयो । “समृद्धि राष्ट्रिय एजेण्डा हो”, उनले भने, “हामी नयाँ युगमा प्रवेश गरिसकेपछि नवनिर्माण र पुनःनिर्माण अभियानमा जुटेका छौँ ।”

उनले सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुआत र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको जानकारी दिए ।

त्यसैगरी स्थानीय, प्रदेश र सङ्घीय गरी तीन वटै सरकार कानून निर्माणमा जुटिरहेको बताउँदै मन्त्री बाँस्कोटाले मुलभूतरूपमा संसद्मा दर्ता र विभिन्न समितिमा गरी ४५÷४६ पेश भएका कानूनलाई अन्तिम रूप दिइने बताए ।

त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उहाँले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया