आर्थिक क्रान्ति पूरा गर्ने कार्यभार आयो : नारायणकाजी श्रेष्ठ

विहीबार, ०९ माघ २०७६, २० : २३

भर्खरै राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आर्थिक क्रान्ति सफल पार्ने कार्यभार पूरा गर्ने बताएका छन् । 

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपछि छोटो प्रतिकृया दिँदै श्रेष्ठले यस्तो प्रतिकृया दिएका हुन् । 

उनले आर्थिक क्रान्तिको कार्यभार पूरा गर्न आफ्नोतर्फ र निर्वाचितहरुको तर्फबाट सवै प्रयत्न गर्ने बताएका छन् ।

पार्टीको विचार, नीति र निर्देशनलाई केन्द्रविन्दुमा राखेर र देशको ऐतिहासिक पूरागर्ने गरी अगाडि बढ्ने उनको प्रतिवद्धता छ ।

बिहीबार भएको मतदानमा श्रेष्ठले ३ हजार ४ सय ६२ मत ल्याउदै विजयी बनेका हुन्  । 

१ हजार २ सय १८ मतान्तरमा विजयी बनेका श्रेष्ठका प्रतिद्वन्द्वी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत पाए ।

२०७४ सालमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट डा.बाबुराम भट्टराईसँग पराजित भएका थिए।

विहीबार, ०९ माघ २०७६, २० : २३

प्रतिक्रिया