रिलायन्स फाइनान्सद्वारा ६.५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित

आइतबार, १८ फागुन २०७६, ०८ : ५९

रिलायन्स फाइनान्सले ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्नै प्रस्ताव पारित गरेको छ ।

कम्पनीको दशौँ वार्षिक साधारण सभाले  गत आर्थिक वर्षको मुनाफाबाट कर सहित ६.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यस्तै कम्पनीले  सञ्चालक समितिले प्रस्ताव गरेअनुसार ५ करोड ४७ लाख ६४ हजार २१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
 
गत फागुन १६ गते बानेश्वर बैंक्वेट, थापागाउँमा साधारण सभा सम्पन्न भएको हो ।


 

आइतबार, १८ फागुन २०७६, ०८ : ५९

प्रतिक्रिया