आइतबार राष्ट्रिय सभामा भएको कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । पूर्व मन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्मृति सभामा गरिएको कार्यक्रममा मञ्चमा बोलिसकेपछि उनीमाथि जुत्ता प्रहार भएको हो ।
जुत्ता प्रहार गर्ने ब्यक्ति जुम्लाका रतन तिरुवा भएको प्रहरीले जनाएको छ । अहिले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
रतन तिरुवाको फेसबुक हेर्दा उनी कम्युनिष्ट विचारधाराका भएको अनुमान गर्न सकिन्छ । उनले आफ्नो फेसबुकको कभर फोटोमा माक्स एङ्गेल्स, लेनिन र माओको फोटो राखेका छन् । पछिल्लो पटक परिवर्तन गरिएको आफ्नो प्रोफाइल फोटोमा उनले माक्सवादको चरम दुरुपयोग भनेर क्याप्सन लेखेका छन् ।
दोश्रो प्रोफाइल फोटोमा उनले–‘जस्को ङ्गि छैन उसैको नाम तिखे...गजब छ, भिजिलान्तेहरु’ भनेर लेखेका छन् ।
तिरुवाले फेसबुकको परिचयमा लेखेका छन्–‘जब सम्म सामन्तबादी,र पुजीवादी,दुष्ट हरुको अन्ते हुदैन तबसम्म सर्बहारा बर्गकोअधिनायकत्व प्राप्त हुदैन ।’
उनले आफूलाई सामाजिक कार्यकर्ता र सर्भे इजिनियरिङको विद्यार्थी भनेर चिनाएका छन् ।
प्रतिक्रिया