आजदेखि सकियो अर्थमन्त्रीको सांसद पद

मंगलबार, २० फागुन २०७६, १२ : २७

अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पदको कार्यकाल सकिएको छ। 

पहिलो पटक राष्ट्रियसभा सदस्य बनेकाहरुको कार्यकालका लागि भएको गोलाप्रथामा २ वर्षे कार्यकालको मात्र चिठ्ठा परेपछि उनको कार्यकाल सकिएको हो । 

डा. खतिवडा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए ।  

उनीसंगै १८ जना सांसदको दुई वर्षे कार्यकाल आजदेखि सकिँदै छ । 

आजदेखि पहिलो २ वर्षको कार्यकाल सकिएपनि खतिवडाले आफू दोहोरिने दाबी गर्दै आएका छन् । 

खतिवडासँगै आजदेखि दुईवर्षे कार्यकाल सकिएर बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।

नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । दुईवर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ । 

यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ ।

मंगलबार, २० फागुन २०७६, १२ : २७

प्रतिक्रिया