संघीय सरकार विरुद्ध अदालत जाने प्रदेश २ का मूख्यमन्त्रीको चेतावनी

मंगलबार, २० फागुन २०७६, १४ : ५६

संघले प्रदेश सरकारको अधिकार हस्तक्षेप गरेको भन्दै प्रदेश नं. २ का मूख्य मन्त्री लालबाबु राउतले अदालत जाने चेतावनी दिएका छन् । 

संघीय सरकारले वीरगञ्ज चिनी मिलको जग्गा बिक्री गर्ने निर्णय गरेर आफ्नो क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै उनले अदालत जाने चेतावनी दिएका हुन्।

संघीय सरकारले पटक पटक प्रदेशको क्षेत्राधिकारमा हस्तक्षेप गरेको भन्दै उनले चिनी मिल प्रदेश सरकारलाई हस्तान्तरण गर्नुको साटो बिक्री गर्ने निर्णय गर्नुपनि हस्तक्षेपको एउटा उदाहरण भएको बताए । 

अहिलेको सरकारले संघीयताको मर्मलाई समाप्त पार्न खोजेको मुख्यमन्त्री राउतको आरोप छ । 

संघीय सरकारले केही दिनअघि वीरगञ्‍ज चिनी मिलको ६ विघा जग्गा बिक्री गर्ने निर्णय गरेको थियो । चिनी मिल हाल बन्द अवस्थामा छ ।

 

मंगलबार, २० फागुन २०७६, १४ : ५६

प्रतिक्रिया