पूर्वराजाले गरे प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना

मंगलबार, २० फागुन २०७६, १४ : ५८

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको  स्वास्थ्य लाभको कामना गरेका छन् । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री ओलीलाई सन्देश पठाउँदै उनले स्वास्थ्यलाभको कामना गरका हुन् ।  

शाहको सन्देश बोकेर प्रमुख सचिव पशुपति भक्त महर्जन आज शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । 

पूर्वराजाका संवाद सचिव फणि पाठकले महर्जनमार्फत शाहले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए । 

ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको छ । 

शाह दुई दिनअघि मात्रै भारतको दुई साता लामो भ्रमण पूरा गरेर स्वदेश फर्किएका थिए ।

मंगलबार, २० फागुन २०७६, १४ : ५८

प्रतिक्रिया