राज्यबाट निरन्तर लाभको पद पाइरहने भाग्यमानी अर्थन्त्री डा. युवराज खतिवडाले आज दिउँसो ४ बजे सपथ ग्रहण गर्ने भएका छन् ।
राष्ट्रिय सभा सदस्यको पदावधि सकिएकाले मंगलबार अर्थमन्त्रीबाट राजीनामा गरेका खतिवडाले आज फेरी सोही पदका लागि सपथ ग्रहण गर्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी अर्थमन्त्री नियुक्त गरेपछि उनले बुधबार दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
२ वर्षअघि उनी राष्ट्रियसभा सदस्यमा मनोनित भएपनि गोलाप्रथाबाट कार्यकाल छुट्याउँदा २ वर्षे कार्यकालको चिठ्ठा मात्र पाएपछि पदावधि सकिएको हो ।
सांसद नरहेको ब्यक्ति मन्त्री नपाउने संवैधानिक ब्यवस्था अनुसार उनी मन्त्री हुँदाहुँदै सांसदको पदावधि सकिएकाले राजीनामा गरेका थिए ।
तर संविधानले राजीनामापछि पुनः मन्त्री बन्न पाउने र संसद सदस्य नरहेको अवस्थामा पनि फेरि सपथ ग्रहण गरेर ६ महिनासम्म मन्त्री बन्न पाउने ब्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्रीकेपी शर्मा ओलीको चाहनामा उनी सांसद नरहेपनि फेरि मन्त्री बन्न लागेका हुन्।
नेपाल राष्ट्र बैंकबाट जागिर सुरु गरेका उनी राष्ट्रिय योजना आयोगको सदस्य, अवकासपछि आयोगको उपाध्यक्ष भएका थिए।
आयोग उपाध्यक्ष हुँदाहुँदै उनी राष्ट्र बैंकको गभर्नर र नित्यहाँबाट अवकाश भएपछि फेरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए।
त्यसलगत्तै अर्थमन्त्री भएका उनी २ वर्षे कार्यकाल सकेर फेरी पनि अर्थमन्त्री बन्दैछन् ।
प्रतिक्रिया