भगबती जोशीको ‘पुतलीको बिहे’ माथि यस्तो परिचर्चा

आइतबार, २५ फागुन २०७६, १२ : ०९

काठमाडौं – कवि भगवती जोशीको बाल कविता कृति पुतलीको बिहेको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा गोधूलि साहित्य प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमका बीच ‘पुतलीको बिहे’ कृति माथि वरिष्ठ समालोचक डा. रामप्रसाद ज्ञवाली, वरिष्ठ साहित्यकार समालोचक छायादत्त न्यौपाने बगर र अनहिता अधिकारीले चर्चा परिचर्चा गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा आख्यान विभाग प्रमुख माया ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै समालोचक डा. ज्ञवालीले वाल वालिकालाई बाल साहित्यबाट मनोरञ्जन मात्र नभएर सस्कार पनि सिकाउनु पर्ने आवश्यकता औल्याउदै भगबती जोशीको कृतिले बालबालिकालाई संस्कार सिकाउने, देश सिकाउने, माटो बुझाउने खालको भएको बताए । कृतिको अध्ययन गर्दा  मानवताको भाव र करुणाको भाव प्राप्त गरेको भन्दै ‘पुतलीको बिहे’ भित्रका कविताहरुले  बालवालिकाका जिज्ञासाहरुलाई मेट्ने प्रत्यन्न गरेको बताए ।
बालसाहित्यमा भगबतीको पहिलो प्रयास भए पनि हरेक हिसावले किताव उत्कृष्ट रहेको भन्दै बाल साहित्यमा लागेका अन्य लेखकहरुले पनि यस कृतिबाट सिक्न सकिने बताए । नेपालको सुन्दर प्रकृति, नेपालको संस्कृति, परम्परा, मौलिकपन र नेपालको इतिहासलाई समेटेर कवितामार्फत बच्चाहरुमा उर्जा थप्नका लागि कविताहरु सक्षम भएको उल्लेख गर्दै कवि भगबती जोशीलाई बधाई ज्ञापन गरेका थिए । 
त्यस्तै वरिष्ठ समालोचक छायादत्त न्यौपाने बगरले ‘पुतलीको बिहे’ माथि परिचर्चा गर्दै  समाजसेवाका माध्यमबाट समाजलाई कसरी अघि बढाउन सकिन्छ भनेर लागिरहेकी भगवती जोशीले ल्याएको यस कृति वालवालिकाहरुका लागि धेरै नै उपयोगी सामग्री रहेको उल्लेख गरे । कृतिले बाल साहित्यमा  हुनु पर्ने अनिवार्य मान्यताहरुलाई समेत समेट्न सकेको बताए । बाल साहित्य रमाइलो हुनु पर्छ, बालकको मनलाई आर्कषित गर्ने हुनु पर्छ । त्यसका लागि विषयवस्तुको छनौट, प्रस्तुती, चित्र, सहज भाषा, लयबद्ध हुनुपर्ने मान्यता रहेको भन्दै बालसाहित्यको यो मान्यता भित्र प्रस्तुत कृति परेको उल्लेख गरे । एक सय भन्दा बढी विभिन्न विधाका बालसाहित्यका पुस्तक प्रकाशनमा ल्याईसक्नु भएका न्यौपानेले बालसाहित्य लेख्दा वालमनोविज्ञानलाई अनिवार्य ख्याल गरिनु पर्ने बताए । यसका मान्यताहरुमा ‘पुतलीको बिहे’ खरो रुपमा उत्रिएको छ भन्दै यो पुस्तक हरेक विद्यार्थीहरुका लागि बहुउपयोगी रहेको बताए ।
त्यस्तै, प्रमुख अतिथि माया ठकुरीले ‘पुतलीको बिहे’को चर्चा गर्दै लेखकको अनुकरणीय कार्यको प्रशंसा गरिन । यो पुस्तक पढ्दा हरेक व्यक्तिले आफ्नो बाल्यकाल सम्झिने छ र रमाइलो पलको अनुभू ित गर्ने छ भन्दै कृतिमा कविले वाल्यकाललाई सहज ढङगबाट प्रस्तुत गरेका बताईन । वाल्यकाल सबैको लागि एउटै हुने यसले कसैलाई धनि गरिबको कुरा गरेर प्रतिस्पर्धा नगर्ने भन्दै प्रस्तुत कृति बालमनोविज्ञानलाई पूर्ण न्याय हुने गरी तयार भएको बताईन । 
त्यस्तै, अनुवादक कृष्णदीप सिग्देलले पुस्तकलाई अंग्रेजी भाषमा अनुवाद गर्ने लेखकको निर्णयको प्रशंसा गरे । वर्तमान समयमा देश बाहिर पनि नेपाली बालबालिकाहरु धेरै भएकाले उनीहरुका लागि उपयुक्त हुने बताए । त्यस्तै लेखक भगवती जोशीले आफूले यो कृतिमा ठेट नेपाली शब्दहरु समेटेको भन्दै यसले वालवालिकालाई आफ्नै भाषा, संस्कृति प्रति जिज्ञासु बनाउने बताइन् । हामी नेपालीहरु धर्म संस्कृति, भाषाले पनि धनि भएकोले पनि यसलाई चिनाउन मद्दत पुग्ने उनको भनाई रहेको थियो । पुस्तक तयार गर्दा सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुमा पनि आफू साहित्य विशेषगरी बालसाहित्यमै केन्द्रित हुने बताईन । त्यस्तै कार्यक्रमको समापन गर्दै सभापति पशुपति गुरुङले पुस्तक उत्कृष्ट रहेको भन्दै हरेक बालबालिकालाई जन्मदिनमा खेलौनाको साटो यही पुस्तक उपहार दिदा धेरै फाइदा पुग्ने बताईन । 
कार्यक्रममा कवि जोशीलाई संस्थाका तर्फबाट अभिनन्दन गरिएको थियो । पुस्तकका चित्रकार उजेली सुनार, अनुवादक कृष्णदीप सिग्देल र पत्रकार बलराम कोइरालालाई कदर पत्रद्वारा सम्मान गरिएको कार्यक्रममा गीतकार तथा समाजसेवी बिसु समलाई सम्मान गरिएको थियो ।

गीतकार बिसु सम सम्मानित 
काठमाडौं । गीतकार तथा समाजसेवी बिसु सम सम्मानित भएका छन् । गोधूलि साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ तथा नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागका प्रमुख माया ठकुरीले समलाई सम्मान गरेकी हुन ।
घान्द्रुकमा जन्मनु भएका समले नेपाली गीतसंगीतमा योगदान गर्दै आउनु भएको छ । आकाशसंग धर्तीको गुनासो (आधुनिक गीतहरुको सङ्गालो) बजारमा ल्याएका समका बनिका प्रधानले गाएको सोचेकी थिए, लक्ष्मण लिम्वुको आवाजमा मेरो निधारैमा, शिव परियारको आवाजमा आऊ माया आऊ, कर्मा ग्याल्चन बोम्जनको आवाजमा रहेको सोचेकी थिएँ गीत चर्चामा छन् । आकाशसंग धर्तीको बोलको गीत कुबेर राईले आवाज भरेका छन् ।
संस्कार समाज नेपालको आयोजनामा सार्वजनिक यातायातहरुमा डस्विन वितरण कार्यक्रममा विशेष सहयोग गरेको घान्द्रुक समाज हङकङका प्रतिनिधिसमेत रहेको गीतकार सम लामोसमयदेखि सामाजिक सेवामा समेत क्रियाशील हुदै आएका छन् । 


 

आइतबार, २५ फागुन २०७६, १२ : ०९

प्रतिक्रिया