माल्टा र कुवेत पठाउछु भन्दै करौडौ ठगी आरोप भएका व्यक्ति पक्राउ

४ बर्ष अगाडि

विभिन्न वयक्तिहरुलाई अफ्रिकन देश माल्टा  तथा कुवेत पठाउछु भनि  २ करोड ५० लाख भन्दा वढी ठगी गरेको आरोपमा जिल्ला अर्गाखाची छत्रदेव गा .पा ७ भगवति घर भई हाल जिल्ला काठमाडौ सुन्धारा वस्ने वर्ष ३८ का वावुराम श्रेष्ठलाई विशेष सुचनाको आधारमा मिति २०७६साल११ महिना २३ गते नेपालगंजवाट पक्राउ गरी काठमाडौमा ल्याईएको ।

वावुराम श्रेष्ठले काठमाडौ  स्थित सिटिसी महलमा   नामको अफिस संचालन गरी २६ जना व्यक्तिहरुलाई माल्टा पठाउछु  भनि प्रति व्यक्ति १० लाख लाग्छ र प्रति महिना १२ सय युरो कमाई हुन्छ भनि प्रलोभन देखाई २६ जना व्यक्तिसंग  ६र६ लाख उठाएको ।

३४ जना व्यक्तिहरुलाई कुवेत  पठाउछु  भनि प्रति व्यक्ति ६ लाख लाग्छ र प्रति महिना २२ सय दिराम कमाई हुन्छ भनि प्रलोभन देखाई ३४ जना व्यक्तिसंग  ३३ लाख उठाएको । रकम उठाई सके पश्चात  निज व्यक्ति सम्पर्कमा नआई  पिडितहरुलाई आज भोली काम हुन्छ भन्दै लुकिछिपी हिडिरहेको भन्ने पिडितहरुको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौ परे पश्चात  सम्मानित अदालतवाट पक्राउ पुर्जी जारी गरी नियन्त्रणमा लिएको र निजको अफिस खान तलासी गर्दा विदेश पठाउन प्रयोग गरिने नक्कली कागजात तथा ५६ थान विभिन्न व्यक्तिहरुको राहदानी समेत नियन्त्रण लिई थप अनुसन्धान भईरहेको निजबाट अन्य कोही ठगिएको भएमा महानगरीय प्रहरी परिसर मा समन्वय गर्न हुन अनुरोध  गरिएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया