मुख्यमन्त्री पौडेलद्वारा फागुको शुभकामना

४ बर्ष अगाडि

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका  छन ।
 यहाँ आज शुभकामना सन्देश जारी गर्दै उहाँले पर्वले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सत्य, न्याय र निष्ठाका पक्षमा लागिरहन प्रेरित गरेको उल्लेख गरेका छन । मुख्यमन्त्री पौडेलले सन्देशमा परिवारबीचमा खुशी साटासाट गरेर पर्व मनाउन अनुरोध गरेका छन ।

४ बर्ष अगाडि

प्रतिक्रिया