ज्येष्ठ नागरिकलाई न्यानो र शीतल घर

४ बर्ष अगाडि

पाल्पामा ज्येष्ठ नागरिकलाई लक्ष्य गरेर न्यानो तथा शीतल हुने  घर निर्माण भइरहेको छ । बालापनदेखिका साथीसँग वृद्धावस्थामा पुगेपछि दिन बिताएने  चौतारी चर्को घामपानी र  बतासमा सुरक्षित नभएपछि जाडो समयमा न्यानो तथा गर्मीमा शीतल हुने किसिमको घर निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले जानकारी दिए । 
तानसेन नगरपालिकाको रु ३७ लाख तथा जापानी समाजसेवी काजुमासा काकिमी ओकेबाजेको रु २० लाख आर्थिक सहयोगमा काम भइरहेको छ । करीब रु तीन  करोडको लागतमा  वृद्धघर बन्ने भएपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशी छाएको छ । करीब  दुई सय जना अट्ने क्षमताको घर तानसेन–९ दमकडामा निर्माण भइरहेको छ । यस्तो घर नेपालमै पहिलो हुने जिकिर वडा सचिव छविलाल भट्टराईले गरे ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया