मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहेका पत्रकार राजबहादुर गुरुङलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । पोखरा–१६ दीपस्थित उनको निवासमा आज आयोजित एक कार्यक्रममा युकेमा सङ्कलन गरिएको रु तीन लाख ५६ हजारको चेक फोटो पत्रकार सङ्घका अध्यक्ष मिलन गुरुङले हस्तान्तरण गरेका हुन्।
युवा समाजसेवी तथा सामाजिक अभियन्ता लन्डन निवासी चारभञ्ज्याङकी चेली अन्तिम गुरुङको सक्रियतामा सो रकम सङ्कलग्न गरिएको सो अवसरमा जानकारी दिइयो । मिर्गौला सफल प्रत्यारोपणपश्चात् निवासमा आराम गरी क्रमिकरुपमा स्वास्थ्य परीक्षणमा रहेका पत्रकार गुरुङले सहयोगीलाई धन्यवाद दिनुहुँदै सबैको साथ सहयोगले प्रत्यारोपण सफल भएको विश्वास व्यक्त गरे ।
प्रतिक्रिया