अत्यधिक रक्सी सेवन गर्दा धनुषामा ५ जनाको मृत्यु

शुक्रबार, ३० फागुन २०७६, ११ : १८

होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो ।

रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको राति मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताएका छन ।

मृतकहरुको नाम र विवरण आउन खुल्न केही समय लाग्ने प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

यस विषयमा थप अनुसन्धान समेत भइरहेको उनले जानकारी दिए ।
 

शुक्रबार, ३० फागुन २०७६, ११ : १८

प्रतिक्रिया