स्वास्थ्य चेकजाँचका लागी  प्रधानमन्त्री ओली पुगे अस्पताल

आइतबार, ०२ चैत्र २०७६, १२ : ०१

प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण  फागुन २१ गते बुधबार भएको थियो भने फागुन ३० गते उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपणको क्रममा प्रधानमन्त्री ओलीको पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका  लागि प्रधानमन्त्री ओली अस्पताल गएका हुन् ।


 

आइतबार, ०२ चैत्र २०७६, १२ : ०१

प्रतिक्रिया