विधेयक पारित

आइतबार, ०२ चैत्र २०७६, १७ : ११

राट्रियसभाको आजको बैठकले काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । 
 
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। 
 
यस्तै राष्ट्रियसभामा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ पेश भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले बैठकमा सो विधेयक पेश गरेका हुन् । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘पारमाणविक विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरे । 

आइतबार, ०२ चैत्र २०७६, १७ : ११

प्रतिक्रिया