काठमाडौं उपत्यकाका विद्यालय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन् ।
सरकारले उपत्यकाको बढ्दो सवारी चाप कम गर्न बिहान ९ बजे नै विद्यालय सञ्चालन गरि ३ बजे बन्द गर्ने निर्णय गरेको हो ।
अहिलेसम्म विद्यालयहरु १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुँदै आएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ निर्णय कार्यान्वय गराउन शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको छ।
कार्यालय समय र विद्यालयको समय एकै हुँदा उपत्यकामा सवारी चाप बढ्ने र सवारी व्यवस्थापन गर्न समस्या भएपछि आगामी शैक्षिकसत्रदेखि नयाँ नियम लागू गरिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शैक्षिक व्यवस्थापन महाशाखा प्रमुख कृष्ण काफ्लेले बताए ।
प्रतिक्रिया