विद्युतको मिटर जडान गर्दा उपभोक्तासँग घुसमाग्ने प्राविधिक २० हजार सहित पक्राउ परेका छन् ।
नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका ईलेक्ट्रीकल सुपरभाईजर कैलाश प्रसाद दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो ।
दाहालले नयाँ क्षमता बृद्धिको मिटर जडानको लागि पुगेका ग्राहकलाई राजस्व तिरेर प्रकृया अगाडी बढाउँदा झन्झटिलो हुन्छ भन्दै घुस मागेका थिए ।
काममा आलटाल गरी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा खटेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
प्रतिक्रिया