कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । भारतमा पछिल्लो समय महाराष्ट्रमा ६४ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।
यसअघि भारतमा कोभिड १९ को संक्रमणबाट कर्नाटकमा ७६ वर्षीय पुरुष र नयाँदिल्लीमा ६९ वर्षीया महिलाको मृत्यु भएको त्यँहाको स्वास्थ्य विभागले जनाएको छ ।
भारतको स्वास्थ्य विभागका अनुसार हालसम्म भारतमा १२८ जना बिरामी छन् । जसमध्ये महाराष्ट्रमा मात्रै ३६ जना छन् ।
भारतमा कूल संक्रमितमध्ये २२ जना विदेशी नागरिक रहेका छन ।
प्रतिक्रिया