वीरगंज कारागार कैदीले ६० हजार थान मास्क उत्पादन गरेर बिक्री गरेका छन । कोरोना भाइरसबाट जोगिन बजारमा मास्कको माग बढेपछि कैदी बन्दीहरुले मास्कको उत्पादन गरि त्यसको विक्री गरेका हुन ।
कारागारबाट निर्मित कपडाको मास्क अन्तर्राष्ट्रिय मापदण्डको रहेको र प्रति मास्कको बिक्री मुल्य २० रुपैयाँ राखिएको कारागार प्रमुख श्रवण कुमार पोखरेलले बताए ।
उनका अनुसार कारागारमा रहेका १ हजार ३ सय १४ जना कैदी बन्दीहरुले मास्क उत्पादन गरेका छन । व्यवसायीहरुले अर्डर दिएपछि मास्क बनाउने कैदी बन्दीहरुले अझै १ लाख थान मास्क बनाउने वीरगंज कारागारका पूर्व नाईके शेख भोलाले जानकारी दिए ।
उनिहरुले उत्पादन गरेको मास्क कारागारमा भेटन आउनेहरुलाई समेत उपलब्ध गराउने गरिएको छ ।
प्रतिक्रिया