एसईई परीक्षाका लागि देशभर १ हजार ९ सय ९५ हेल्थ डेस्क

मंगलबार, ०४ चैत्र २०७६, १९ : १७

कोरोना भाइरसको कारण रोकिने आशंका गरिएको  यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोकिने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परिक्षा नरोकिने बरु प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राखिने बताए । 

सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको भन्दै उनले हेल्थडेस्कका लागि ७ सय ५३ वटै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी दिए । 

पर्सी ६ चैतदेखि १७ गतेसम्म तोकिएको परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन्  । परीक्षाका लागि देशभर १ हजार ९९५ केन्द्र तोकिएको छ।

मंगलबार, ०४ चैत्र २०७६, १९ : १७

प्रतिक्रिया