बुटवलको चौराहादेखि चिडियाचौकीसम्म सडक मिचेर बनाएका घर टहरामा डोजर चलाइने

बुधबार, ०५ चैत्र २०७६, १६ : ०८

बुटवलको चौराहादेखि चिडियाचौकीसम्म सडक मिचेर बनाएका घर टहरामा डोजर चलाइने भएको छ ।

वेहलिया बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले  सडक सिमाभित्र रहेका घर तथा टहरा  १५ दिनभित्र  नहटाएमा डोजर चलाउने भएको हो ।

आयोजनाले सार्वजनिक सुचना प्रकाशित गर्दै अतिक्रमित संरचनाहरु १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

‘नहटाए सार्वजनिक सडक ऐन २०३१ को दफा १९ बमोजिम हटाउने छ’ सुचनामा भनिएको छ ‘संरचना हटाउदाँ लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट भराईने सूचनामा उल्लेख गरिएको छ ।’

जग्गा प्राप्ती ऐन २०३४ अनुसार  गठित मुआब्जा निर्धारण समिति को मुल्याङकमा चित्त नबुझेको भन्दै नारायणीदेवी प्रधान समेत १ सय ५५ जनाले जिल्ला प्रशासन कार्यालय रुपेन्देहीमा निवेदन दिएका थिए।


जिल्ला प्रशासन कार्यालयले मुआब्जा निर्धारण समितिको निर्णय नै उपयुक्त रहेको जनाएको छ ।
 
राजमार्गको चौराहादेखि साविकको चिडियाचौकी करिव ३ किमीमा रहेका संरचनाहरु हटाउन लागिएको हो। बाँकी खण्डमा समस्या नरहेको आयोजनाको इन्जिनियर शुभेच्छा थारुले बताईन।
 

बुधबार, ०५ चैत्र २०७६, १६ : ०८

प्रतिक्रिया