नेपाल आउने हवाईटिकट रद्ध गर्दा पैसा फिर्ता हुने

बुधबार, ०५ चैत्र २०७६, १७ : ३१

सरकारले विभिन्न ५५ मुलुकबाट नेपाल आउन हवाई टिकट काटेकाहरुको रकम फिर्ता दिन वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । 

कोरोना भइरस (कोभिड–१९) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाउँदै अग्रिम टिकट लिइसकेकाहरुलाई रकम फिर्ता दिर्न निर्देशन दिएको हो । 

कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले  पर्सी शुक्रबारबाट १५ अप्रिलसम्म युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको छ । 
 

बुधबार, ०५ चैत्र २०७६, १७ : ३१

प्रतिक्रिया