एउटै वडाका दश जनाले फिर्ता गरे अनुदान

बुधबार, ०५ चैत्र २०७६, १७ : ४५

भूकम्पपछि जिल्लामा आवास पुनःनिर्माणको क्रम अन्तिम चरणमा पुग्दै गरेको बेला वडाका १०  भूकम्पपीडित लाभग्राहीले अनुदान फिर्ता गरेका छन् ।  भोटेकोशी गाउँपालिका–३ का  भूकम्पपीडितले आवास निर्माण अनुदान पहिलो किस्तावापतको रु पचास हजार  जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित्त प्रमुख लक्ष्मणकुमार सेठसमक्ष अनुदान फिर्ता गरेका हुन् । 
    
पीडितले जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ, गाउँपालिका उपाध्यक्ष दावुटी शेर्पा र वडाध्यक्ष कैलाश पौडेलको रोहवरमा मङ्गलबार अनुदान रकम फिर्ता गरेका थिए । अनुदान फिर्ता गर्नेमा दुगुनागढीका विस्थापित र सुकुम्बासी सार्की कामी, गोकुल कामी, पूर्णबहादुर विक,  विष्णु कामी, काली कमिनी, सानु विक, मनमाया कामी, सोमबहादुर कामी र गोरीमाया कामी  छन् ।

बुधबार, ०५ चैत्र २०७६, १७ : ४५

प्रतिक्रिया